तपाईँ सुन्दै हुनुहुन्छः

क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने माओवादी केन्द्रको निर्णय

file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कम्युनिस्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । 


पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज सम्पन्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल तथा वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 


हिजो र आज बसेको बैठकले केही समयअघि केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 


त्यसैगरी बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ । 


पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पारिसकेकाले उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button