तपाईँ सुन्दै हुनुहुन्छः

२ गर्भवतीको हेलिकप्टरबाट उद्धार

अछाम । अछाममा आईबतार एकै दिन दुई गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 


गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।


पहिले साँफेबगर नगरपालिका वडा नम्बर ३ का २७ बर्षिया नेमिका बोगटीको पेटमा रहेको बच्चाको अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो ।


पहिलो उद्धार गरिए लगत्तै चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २६ बर्षिया जनक विकको पनि पाठेघरमा समस्या देखिएपछि हेलिकप्टर मार्फत नै कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो ।


उनीहरूको वयालपाटा अस्पतालबाट उद्धार गरी कोहलपुर पठाइएको हो ।


गर्भावस्था तथा सुत्केरी अवस्थामा जटिल समस्या भएका दुर्गम क्षेत्रका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क उद्धार गरिँदै आएको छ । 


गत आर्थिक वर्षमा अछाम जिल्लाका ९ जना महिलाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button