तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण

file photo

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । 


प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईँको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । 


कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म नौ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


यस्तै प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५६० जनालाई रु ४६ हजार जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार ७८४ जनालाई रोकेर सम्झाइबुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button