१५ केजी गाँजासहित एक जना पक्राउ
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गए राति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राईले प्रतिबन्धित लागु औषध गाँजा घरमा लुकाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।
पक्राउ परेको राईविरुद्ध आज लागु औषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्