तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोग्रस्त सरानीको भू–गर्भविद्सहितको टोलीद्वारा अध्ययन

अछाम । अछामको मेल्लेख गाउँपालिका वडा ५ विन्धेवासानीको सरानी गाउँमा गएको पहिरोग्रस्त क्षेत्रको  भूगर्भविद्को टोलीले अध्ययन गरेको छ । 

मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको सहभागितामा जलस्रोतविद् हाईड्रोलोजिस्ट इन्जिनियर राजेन्द्र शर्माको टोलीले पहिरो ग्रस्त क्षेत्रको बारेमा अध्ययन गर्नुभएको हो ।

भूगर्भविद्हरूको टोलीले साबिकको स्थानमा बस्न मिल्ने नमिल्ने अवस्थाको अध्ययन गरेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिनुभयो । 

केही दिनमा उक्त अध्ययनको प्रतिवेदन भूगर्भ विद्धहरूको टोलीले गाउँपालिकालाई हस्तान्तरण गर्ने उहाँको भनाई रहेको छ । उहाँले उक्त प्रतिवेदन पछि पहिरो पीडितहरूको जग्गा छनोटको लागि गाउँ कार्यपालिकामा पेश गर्ने बताउनुभयो । 

उहाँले पहिरो पीडितलाई एकीकृत बस्ती बसाउन आगामी असोज १ गतेबाट काम सुरुवात गरिने पनि जानकारी दिनुभएको छ । पहिरोबाट ५१ घरपरिवार घर छोडेर पालमुनि सडकमा बस्दै आएका छन् । 

भूगर्भ विद् सहितको अध्ययन टोलीमा मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही, वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर साउद, ५ का अध्यक्ष रमेश बहादुर खडका, ६ का अध्यक्ष नरपति रावल, ७ का अध्यक्ष नर बहादुर साउद लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button