कतार च्यारेटीद्धारा प्रशासन कार्यालय सुनसरीमा सार्वजनिक शौचालय

सुनसरी । कतार च्यारेटीको सहयोग र हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा निर्माण सम्पन्न भएको सार्वजनिक शौचालय हस्तान्तरण गरिएको छ ।
कतार च्यारेटीको सहयोगमा सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको शौचालय हस्तान्तरण गरेको हो । हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष मोलाना हारुन खाँले शौचालयको साँचो जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।
औपचारिक रुपमा शौचालयको साँचो दिएसगैं हस्तान्तरण भएको संस्थाका हजरत हुसेनले जानकारी दिनुभयो ।
संस्थाले गरिब, विपन्न वर्ग सहित विद्यालय र स्वास्थ्य संस्थामा खानेपानी र सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही क्रममा प्रशासनमा पनि शौचालय कुल ६ लाख ११ हजार लागतमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्