काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्ने गर्दछन् । यसरी गुरुहरूबाट मन्त्रिएको डोरो वा जनै धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
ललितपुरको बङ्गलामुखी कुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन । जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती ।जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङ्गलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा ।ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा बिक्रीका लागि राखिएको कानमा लगाउने झुम्का किन्दै युवती । जनै पूर्णिमाका दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित । जनै पूर्णिमाका दिन आइतबार ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा पुरोहितबाट जनै लगाउँदै युवा । ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा आइतबार डोरो बाध्दै युवती । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ ।जनै पूर्णिमाक दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा जनै तथा डोरो बाध्न आइपुगेका नागरिक । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ । पूर्णिमाक दिन आइतबार बङ्गलामुखी मन्दिर परिसरमा जनै तथा डोरो बाध्न आइपुगेका नागरिक । कोरोना महामारीका कारण मन्दिरको प्रवेश द्वार बन्द गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्