सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं । आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले घटेर प्रतितोला ९० हजार ९०० मा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्