तपाईँ सुन्दै हुनुहुन्छः

बालिकाहरू अलपत्र

सिन्धुपाल्चोक । काठमाडौँको जडीबुटीबाट शुक्रवार ट्याक्सी चढाएर सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ५ मुडे बजार पुर्‍याइएका दुई बालिका अलपत्र परेका छन् ।

मुडे बजारमा पुगेपछि ‘सामान किनेर फर्कन्छु’ भनी दुई बालिकालाई ट्याक्सीमै छाडेर बुवा आमा हिँडेकाले आफूहरू अलपत्र परेको उनीहरूले प्रहरीसँग बताएका छन् । उनीहरूले आमाको नाम सीता तामाङ र बुवाको नाम नरे केसी बताएको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सामाजिक सञ्जालमा लेखेको सूचनामा उल्लेख छ ।

६ वर्षीया समीरा र ४ वर्षीया समीक्षा केसी अलपत्र परेको जानकारी पाएपछि प्रहरीले सामाजिक सञ्जालमा उनीहरूको तस्बिरसहित बालिका अलपत्र परेको सूचना सार्वजनिक गरेको छ । बालबालिकालाई चिन्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा खबर गर्न पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button