झापाको कचनकवल गाउँपालिकामा ७ करोडभन्दा बढी बेरुजु
झापा । झापाको स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु कचनकवल गाउँपालिकामा देखिएको छ ।
महालेखाले झापाको कचनकवलमा धेरै बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
कचनकवल गाउँपालिकामा मात्रै ६.०६ प्रतिशत बेरुजु देखिएको छ । सो गाउँपालिकामा ७ करोड २३ लाख २१ हजार रुपैयाँ बेरुजु पाइएको छ ।
झापाको मेची नगरपालिकाको बेरुजु प्रतिशत २.२७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४.२३ प्रतिशत, दमक नगरपालिकाको १.०९ प्रतिशत, कनकाईको १.३४ प्रतिशत, अर्जुनधाराको २.९० प्रतिशत, गौरादहको १.४६ प्रतिशत, झापाको ०.६० प्रतिशत, हल्दीबारीको २.५९ प्रतिशत, बाह्रदशीको १.६६ प्रतिशत, बुद्वशान्तिको २.२० प्रतिशत, कमल गाउँपालिकाको ०.०८ प्रतिशत रहेको छ ।
शिवसताक्षी नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ ।
प्रतिवेदनले शिवसताक्षीको ०.०६ प्रतिशत अर्थात् ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । लेखा परिक्षण गरिएको कुल रकम १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपैयाँ मध्ये ०.०६ प्रतिशत बेरुजु देखिएको छ ।
त्यस्तै, गौरीगंज गाउँपालिकाको बेरुजु रकम १ करोड १५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
लेखा परिक्षण गरिएको कुल रकम ९९ करोड ४३ लाख १ हजार रुपैयाँको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो ।
गत आर्थिक वर्षमा गौरीगंजको बेरुजु २.०९ प्रतिशत अर्थात् १ करोड ७८ लाख ६६ हजार रुपैयाँ थियो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्