तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका वडा न १२ भीमटारमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

इन्द्रावती गाउँपालिका वडा न ७, देउरालीको १४ वर्षीय सुदीप आर्चायको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

काभ्रेको धुलिखेलबाट डिजेल लिएर भीमटार जाँदै गरेका ना ६ ख १८०७ नम्बरको ट्याक्टरबाट आचार्य खसेका हुन् । प्रहरीका अनुसार आचार्यको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टरको पछाडि बसेका आचार्य ढाला खुस्केर भुईँमा खस्दा घाइते भएका थिए ।

ट्याक्टर चालक र ट्याक्टरलाई  प्रहरीले नियन्त्रणमा लिएको डिएसपी दक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button