तपाईँ सुन्दै हुनुहुन्छः

सत्तरी प्रतिशत मुद्दा फर्छ्यौट

फुङ्लिङ । ताप्लेजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । कूल ४५२ मुद्दामध्ये ३१३ फर्छ्यौट भएको हो ।

अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फर्छ्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जनाएको छ । गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फर्छ्यौट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button