बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत घोडाघोडी नगरपालिका वडा नम्बर १ कैलालीका ६९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर २ बाँकेकी २४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २६ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९१ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्