लागुऔषध सहित तीन जना पक्राउ

कञ्चनपुर ।कञ्चनपुरबाट प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रवार अपराह्न लागुऔषध चरेसको कारोबार गरी रहेका छन् भन्ने गोप्य सूचनाको आधारमा तालुक प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ प्रगति टोलबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बङ्क बस्ने ३६ वर्षीय गणेश भण्डारी, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २१ वर्षीय किशोर सिंह र बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय झलक जाग्री रहेका छन् ।
उनीहरूको साथबाट ४ किलो ४९० ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरेर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिद्ध राज न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्