अस्पतालमा बिचौलिया कार्य गर्ने दुई पक्राउ
विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलिया कार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा बिरामी तथा बिरामीका आफन्तलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेसीमा लग्ने कार्य गर्ने विराटनगर–८ अमर टोल बस्ने १८ वर्षीय प्रधुम्न राय र सोही स्थानका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालयले यस किसिमको व्यवहारबाट अन्य कोहीबाट पीडित भएको भए वा हुन गइरहेको थाहा भएमा नजिकको प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्