राखेप कर्मचारी सङ्घद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । विभिन्न माग राखी राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाएको छ ।
कर्मचारीका हकहितसँग जोडिएका विभिन्न पाँच बुँदा समेट्दै सङ्घले उहाँलाई ज्ञापन पत्र बुझाएको हो ।
कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासमक्ष उक्त ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमार्फत सङ्घले राखेप र खेल क्षेत्रमा व्याप्त विभिन्न विकृति र विसङ्गतिप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
राखेपमा कार्यरत कर्मचारीको २०६३ सालदेखि बढुवा प्रक्रिया रोकिँदा कर्मचारी अन्यायमा परेकाले तुरुन्त बढुवा गर्न माग गरिएको छ ।
सङ्घले आफ्ना माग सम्बोधन गरी चाँडो कार्यान्वयनमा ल्याउन पहल गर्नका लागि प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्