मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
सप्तरी । सप्तरीको राजविराज भारदह सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका १५ स्थित खाँडो खोला नजिक शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा राजविराज नगरपालिका ११ झल्ही फर्सेट बस्ने टरा सदाको छोरा बर्ष २७ का विनोद सदाको मृत्यु भएको हो ।
आफैँ चढेको अनटेष्ट मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका मनकुन सदाको छोरा बर्ष २१ का गौतम सदा घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते सदाको अवस्था सामान्य रहेको तथा उपचारपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्