तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारको क्रममा मृत्यु

जनकपुरधाम  । धनुषामा सवारी दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा न.९ की ५५ वर्षीया रेवती घर्ती मगरको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको विंगर भ्यानले पूर्वपश्चिम राजमार्गको धनुषा खण्डको मिथिला नगरपालिका वडा नंं ९ बडहरीस्थित ग्लोबल होटल अगाडि पैदल यात्री मगरलाई ठक्कर दिएको थियो ।  विंगरको ठक्करबाट गम्भीर घाइते भएकी मगरलाई उपचारको लागि विराटनगर लगिएको थियो । 

प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेकाले विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिइएको थियो ।

मगरको आज बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार ठक्कर दिने विङ्गर र विङ्गर चालक सिराहाको धनगढीमाइ नगरपालिका वडा नंं ९ का वर्ष ३५ का रञ्जित लामा प्रहरीको नियन्त्रणमा रहेको छ ।

लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button