तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थप


बागलुङ । बागलुङमा भदौ १० गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । 

जिल्लामा तीव्र गतिमा कोरोना सङ्क्रमणको दर फैलिँदै गएपछि यसको नियन्त्रणका लागि जारी निषेधाज्ञामा पाँच दिन थप गरिएको हो । 

शुक्रवार प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

निषेधाज्ञा  जिल्लाभर कडाइका साथ लागु हुने बागलुङका प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो । 

यस अवधिमा स्वास्थ्य सामग्री तथा औषधी पसल चौबिसै घण्टा खुल्ने छन् भने फलफूल, तरकारी, दाना लगायतका पसल भने बिहान १० बजेसम्म मात्रै सञ्चालन हुने प्रशासनले जनाएको छ  ।

विद्यालय, क्याम्पस, तथा शैक्षिक संस्था, सिनेमा हल पार्क, फुटसल, खेलकुद स्थल, जिम खाना, सैलुन रेष्टुरेण्ट, होटल, हार्डवेयर पसल, बैङ्क तथा वित्तीय संस्था सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्लामा अहिले कोरोना खोप अभियान पनि जारी छ । खोप केन्द्रमा नागरिकको भिडभाड व्यवस्थापन नहुँदा संक्रमण थप बढ्ने जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button