तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सप्तरी ।  सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । 

राजविराज–भारदह सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका १५ स्थित खाँडो खोला नजिक आज दिउँसो  तीन जना सवार अन टेस्ट मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा राजविराज नगरपालिका–११ झलही फर्सैठ बस्ने २७ वर्षीय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सदाको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दुर्घटनामा मोटरसाइकलमा सवार २० वर्षीय गौतम सदा घाइते भएको र २१ वर्षीय धनराज सदा दुर्घटना भए लगत्तै फरार भएको प्रहरीले जनाएको छ । 

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको र  दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button