तपाईँ सुन्दै हुनुहुन्छः

गैर आवासीय नेपाली विश्व सम्मेलन समिति गठन

काठमाडौँ । सरकारले काठमाडौँमा आयोजना हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली सङ्घ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहेका छन् ।

सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुने गैर आवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन कार्तिक ६ देखि ८ (२३–२५ अक्टोबर २०२१)मा हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button