तपाईँ सुन्दै हुनुहुन्छः

राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पास

 
काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले समितिको वार्षिक प्रतिवेदन २०७८ पास गरेको छ । 

सिंहदरबारमा आज बसेको समिति बैठकले रेखा शर्माको संयोजकत्वमा पाँच सदस्यीय प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन गर्न उपसमिति गठन समेत गरेको छ । 

सो उपसमितिले सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४, प्रत्यायोजित विधायन अनुसार नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार भए÷नभएको अध्ययन गर्नेछ । 

यस्तै, बैठकमा सांसदहरुले बाराको कलैयामा वडाध्यक्षमाथि भएको कुटपिट र दुर्व्यवहार, नेपाल–भारत आवतजावतमा असहज भएपछि दार्चुला जिल्लामा भएको खाद्यान्न अभाव हटाउन तत्काल पहल गर्न, सामाजिक अभियन्ताका काममा भएका कामको अनुगमन गर्न र कालोबजारी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउन माग गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button