तपाईँ सुन्दै हुनुहुन्छः

कुम्भेश्वर मन्दिरको जीर्णोद्धार, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णोद्धारपछि आज उद्घाटन गर्नुभएको छ । 

सो अवसरमा प्रधानमन्त्री देउवासहित पत्नी आरजु राणाले मन्दिर परिसरमा रहेका बङ्गलामुखी देवी तथा उन्मत्त भैरवको समेत पूजाअर्चना गर्नुभयो । प्रधानमन्त्री देउवालाई बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका मूल पुजारी माधवश्याम शर्माले प्रसाद स्वरूप रुद्राक्षको माला लगाई दिनुभयो । 

विसं २०७२ को भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । भूकम्पले पाँच तले मन्दिरको तीन तलामा क्षति पुर्‍याइएको थियो । डेढ महिनाअघि निर्माण सम्पन्न भए पनि आजको साइतमा माथिल्लो तलामा गजुर राखिएको पुजारी शर्माले बताउनुभयो । 

मन्दिरमा राखिएको गजुर, छत्र, झलर, कमलको फूल र उत्खनन गरिएका दुई वटा त्रिशूल तथा २५ तोला सुनको जलप लगाइएको टोल सुधार समितिका उपाध्यक्ष वसन्त खड्गीले बताउनुभयो । मन्दिर जीर्णोद्धारको ठेक्का धर्मेश तुलसी ड्रामा ज्वाइन्ट भेन्चरले भ्याटसहित रु दुई करोड ८५ लाखमा लिएको थियो । मन्दिरको चौथो तला छतमा २० गेजको तामा हालिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button