तपाईँ सुन्दै हुनुहुन्छः

नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रण गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका – २, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश३-०२-०१० प ९४४६ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका -३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button