सिन्धुपालचोकको ताङ्गु खोलामा झोलुङ्गे पुल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जोखिम तथा दुर्गम भूभागमा रहेको ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माणसँगै पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी जान सहज हुने भएको छ ।
पाँचपोखरी जाने मार्गमा पर्ने तागु खोलामा ७८ मि. को झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भई गाउँपालिका अध्यक्ष टासी लामाले हिजो उद्घाटन गर्नु भएको वडा न ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो । तीर्थयात्रीहरूको सहजताका निम्ति जनपूर्णिमाको सम्मुखमा उद्घाटन भएको हो । तर गाउँपालिकाले कोरोनाको कारण मेला भने यो बर्ष नगर्न आग्रह गरेको छ ।
पुल सङ्घीय मामिला तथा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाउँपालिकाको आर्थिक सहयोग झोलुङ्गे पुल सहयोग इकाईको जिन्सी, जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोग र २ प्रतिशत जनश्रमदानमा गरी ४४ लाखमा निमार्ण सम्पन्न भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्