तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुग्यो

काठमाडौँ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । 

नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गए राति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।         

प्रवक्ता डा पौडेलले  १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो । उहाँले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताउनुभयो ।         

यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उहाँले जानकारी दिनुभयो । 

अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको र प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । 

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । 

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button