तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

पर्वत । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ  भने २ जना घाइते भएका छन् । 

आज साँझ ५ः०० बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र  मर्मतका लागि ल्याइएको जिप पुरिएको प्रहरीले जनाएको छ । 

पहिरोले ग१ज ६६३२ नम्बरको जिप पुरिँदा उक्त जीपका चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ का टेकमान गर्बुजा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । 

पहिरोमा दुई वटा सवारीसाधन पुरिएको पनि प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । 

पहिरोमा पुरिएका अटो वर्कसपका मिस्त्री राजु ठाकुर र नन्की खान घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button