नेपाल–भारत सीमा नाकामा एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरका एक जना पुरुषको नेपाल–भारत सीमा नाका गौरीफण्टामा मृत्यु भएको छ ।
भारतीय सीमावर्ती क्षेत्र वनगाउँबाट आएका आफन्तसँग भेटघाट गर्ने क्रममा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय रामदिन रानाको सीमा नाकामै बिहीबार मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसँग उभिएर कुराकानी गरिरहेकै बेला एक्कासि बेहोस भएर ढलेपछि घटनास्थलमै रानाको मृत्यु भएको बताइएको छ ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्