बाँकेका प्रयोगशालामा ६० जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये बाँकेका ३१ जना, बर्दियाका १४ जना, दाङका ३ जना र अन्य जिल्लाका १२ जना छन् ।
भेरी अस्पताल परीक्षणमा ५२ जना, मेडिकल कलेज कोहलपुरमा ५ जना र बागेश्वरी ल्याबमा ३ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । कोरोनाबाट थप मृत्यु भएको छैन ।
आज १५ जना डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार ८ सय ६७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ४ सय ११ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २५ जनाको मृत्यु भएको छ ।
जिल्लामा १७४ जना सक्रिय संक्रमित रहँदा ५६ जना अस्पताल र आइसोलेसनमा छन् भने १५९ जना होम आइसोलेसनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्