तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयमा बार अनुसार सेवा

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका स्थानीय तहलाई बार अनुसार सेवा दिने भएको छ । प्रशासनले जिल्लाका दश स्थानीय तहलाई आगामी भाद्र ७ गते सोमबारदेखि बार अनुसार सेवा दिन लागेको हो । 

कोरोना भाइरसको बढ्दो जोखिम र कार्यालयमा समेत भिडभाड बढेकाले बार अनुसार स्थानीय तहलाई सेवा दिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो ’भदौ ७ गतेदेखि अर्को सूचना नहुँदासम्म उक्त नियम लागु हुन्छ ।’

अहिले अत्यावश्यक सँगै अन्य सेवा लिनेहरू पनि बढेको हुँदा स्थानीय तहलाई बार अनुसार सेवा दिन लागेको सहायक प्रजिअ बराल बताउनुहुन्छ । 

प्रशासनका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाका स्थानीयलाई सेवा दिइने छ । 

यस्तै सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलवार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिका, बुधवार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका र बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका, शुक्रवार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकाका स्थानीयले सेवा पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button