तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओलीद्वारा शेरचनको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उहाँले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खास गरी बे्राडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्त्वपूर्ण योगदान गर्दै आउनुभएको थियो । 

पछिल्लो समय सञ्चार उद्यमीको सङ्गठन मिडिया एलाइन्स र सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको वक्तव्यमा उल्लेख छ ।

“कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”  विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button