६ किलो भन्दा बढी चाँदीका गहना सहित एक पक्राउ

वीरगंज । अवैध रुपमा रक्सौलबाट वीरगंज तर्फ ६ किलो भन्दा बढी चाँदीका गरगहना ल्याई रहेको अवस्थामा प्रहरीले आज बिहान एक जनालाई शङ्कराचार्य गेट अगाडिबाट रंगेहात पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट अवैध रुपमा ल्याइरहेको चाँदीका गहनासहित बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का नागेन्द्र साह सोनारलाई इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
रक्सौलबाट पैदल आइरहेका सोनारलाई शङ्कराचार्य गेटमा खटिएका प्रहरीले शङ्का लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदीका गहना सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।
पक्राउ परेका सोनार लाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्