इजरायल र नेपालका विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं।नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबिच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल/इजरायलबिच सो समझदारी पत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो ।
इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबिच भएको उक्त समझदारी पत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको थियो । शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबिच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।
सोही अवसरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबिच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो । समझदारी पत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा बु्ररिया एडिनीले हस्ताक्षर गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्