तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा शुक्रवार सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले यही भदौ ४ गते अर्थात् शुक्रवार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो ।

प्रदेश सरकारको विसं २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभयो ।

विसं २०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो । प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उहाँहरूको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button