तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

File Photo

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

उहाँको ९२ वर्षको उमेरमा मङ्गलवार निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ निवासी गुरुङको निधनबाट प्रधानमन्त्री देउवाले एक अग्रज व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button