तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या सत्र सय नाघ्यो

भोजपुर । भोजपुरमा बुधवार १८ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या सत्र सय नाघेको छ । 


स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जिल्लामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बताउनुभयो । 
बुढाथोकीका अनुसार अहिलेसम्म भोजपुरमा कुल सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय पैँतीस पुगेको छ । जसमध्ये १ हजार ४ सय ६७ जना निको भएका छन् भने १० जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् । 


भोजपुरमा हाल २ सय २१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला बाहिर ४० जनालाई उपचारको लागि पठाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button