तपाईँ सुन्दै हुनुहुन्छः

जसपा विभाजित, ठाकुरद्वारा नयाँ दल दर्ताको निवेदन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिनु भएको छ ।

मङ्गलवार मन्त्री परिषद्ले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरे पनि आज बुधवार मात्र अध्यादेश जारी भएसँगै ठाकुर पक्षलाई समेत नयाँ दल दर्ता गर्न सजिलो भएको हो ।

नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो रहने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button