तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

बुटवल । लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । 

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गर्नुभयो । 

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली र अजय शाहीलाई पार्टीले कारबाही गरेको र उहाँहरूलाई पदमुक्त नगरेकाले प्रदेशसभा स्थगन भएको प्रदेशसभा सदस्य हरि रिजालले जानकारी दिनुभयो । 

‘नेकपा एमालेबाट निर्वाचित विमला वली र अजय कुमार शाहीले पार्टीको नीति, निर्देशन र अनुशासन विपरीत कार्यमा संलग्न भएकाले उहाँहरूलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा सञ्चालन गर्न दिइने छैन,” उहाँले भन्नुभयो । नेकपा एमालेले प्रदेशसभामा नाराबाजीसमेत गरेको थियो । 

बैठक सुरु भए लगत्तै नाराबाजी गरेका प्रदेशसभा सदस्यहरु हरि रिजाल, तुल्सी चौधरीले  रोष्टमबाटै सभामुख पूर्णबहादुर घर्तीसँग सवाल जवाफ गर्नुभएको थियो ।  

सभामुख घर्तीले यसलाई प्रक्रियामा लैजान प्रतिबद्ध भएको भनेर आश्वस्त पार्नुभएको थियो । सो बैठक मङ्गलवार पनि स्थगन भएको थियो । 

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष समयमा बोल्ने, प्रदेश मामिला तथा कानुन समितिका सभापति दामा शर्माले प्रदेश नं ५, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस हुने, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७८÷७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट फिर्ता गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण ध्वज खड्काबाट पेस भई निर्माणार्थ प्रस्तुत हुने कार्यक्रम थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button