प्रदेश १ मा १० जिल्लामा जोन तथा सुपरजोन विस्तार हुँदै

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत प्रदेश नं. १ मा जोन तथा सुपरजोन कार्यक्रम विस्तार हुने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङको आयोजनामा विराटनगरमा आयोजित थप जोन क्षेत्र निर्धारण तथा मोरङ जिल्लाको चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सो जानकारी गराइएको हो ।
परियोजनाको आगामी कार्यक्रमको बारेमा जानकारी गराउँदै परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले चालु आर्थिक वर्ष देखी प्रदेश न १ का १० वटा जिल्लाका ११ स्थानमा जोन कार्यक्रम थप विस्तार गर्न लागेको बताउनुभयो ।
उहाँका अनुसार ताप्लेजुङ, पाचथार, मोरङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा तथा खोटाङ जिल्लामा जोन तथा सुपरजोन कार्यक्रम विस्तार हुन लागेको हो ।
तरकारी , धान माछा, मकै तथा अलैँची सुन्तला लगायत फलफूल तथा अदुवा बेसार खतीलाई लक्षित गर्दै जोन विस्तार गर्न लागिएको परियोजना प्रमुख मण्डलले बताउनुभयो । जिल्ला समन्वय समितिको निर्णय र सिफारिस अनुसार परियोजनाले जोन तथा सुपरजोन कार्यक्रम छनोट गर्दै आएको छ ।
कार्यक्रमका सहभागीहरूले जोनको उद्देश्य अनुसार क्षेत्र विस्तार हुनुपर्नेमा जोड दिनुभयो । क्षेत्र मात्र विस्तार सँगै प्रशोधन उद्योग स्थापना र उत्पादित वस्तुको बजारीकरणमा ध्यान पुर्याउनुपर्ने उहाँहरूको भनाई थियो । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश न १ का सचिव निरु दाहाल पाण्डेले जोनका लागी प्रस्तावित स्थानको रि भिजिट गरेर आवश्यक र सही स्थानको जोन कार्यक्रम सञ्चालनका लागी वडाहरू छनौट गर्नुपर्नै बताउनुभयो ।
कार्यक्रमको निर्णय अनुसार आगामी १५ दिन भित्र अहिले तोकिएको वडाहरूको रि भिजिट गरेर आवश्यक स्थान तोक्ने निर्णय भएको मण्डलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्