कांग्रेस नेता गुरुङलाई मातृशोक

स्याङ्जा । नेपाली काँग्रेसका नेता धनराज गुरुङलाई मातृशोक परेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य गुरुङकी आमा प्यारी गुरुङको ९२ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय गुरुङको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत प्यारीको मङ्गलवार निधन भएको पारिवारिक स्रोतले जनाएका छन् ।
उहाँका ४ छोरा हुनुहुन्छ । उहाँका पति र एक छोरीको भने निधन भइसकेको छ । दिवङ्गत प्यारीको अर्जुनचौपारी २, लामडाँडामा आज बौद्ध धर्म र संस्कार अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । गुरुङको फोक्सोमा समस्या भएको परिवारले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्