तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउनसुगरसहित ६ जना पक्राउ

भद्रपुर, झापा । झापामा एकै दिन विभिन्न ठाउँबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार जना पुरुष छन् भने दुई जना महिला छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले मङ्गलवार झापाको बिर्तामोडको दुई स्थानबाट ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ जात्रुबाडीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई ३ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो भने विर्तामोड १ चारपानेबाट विर्तामोड–१ की २२ वर्षीया देवी तामाङ र विर्तामोड ५ की २१ बर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले नगद र मोबाइल पनि बरामद गरेको छ ।

यसै गरी, मङ्गलवार नै दिउँसो लागू औषध नियन्त्रण व्यू्रो काँकडभिट्टाको टोलीले बिर्तामोडबाटै अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र विर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको छ ।बिर्तामोडको नयाँ बसपार्क मिलन चोकमा मे २ प ८६८६ नं मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजनाउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button