तपाईँ सुन्दै हुनुहुन्छः

रेग्मीको इजलासमा कुलमान नियुक्ति विरुद्धको मुद्दा

file photo

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै परेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

निर्वतमान निर्देशक हितेन्द्रदेव शाक्यले दायर गर्नुभएको रिट माथिको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

आफुले उक्त पदबाट राजीनामा नै नदिएको अवस्थामा भएको नियुक्त कानुन सम्बत् नभएको भन्दै शाक्यले रिट दायर गर्नुभएको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै आउनुभएको छ ।


सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमति बेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उहाँले आफुले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेको दाबी गर्नुभएको छ ।

आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले जिकिर गर्नुभएको छ ।
उहाँले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने भन्दै आफ्नो पक्षमा अन्तरिम आदेश माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button