तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा मतदाता नामावली अद्यावधिक जारी

जनकपुरधाम । धनुषामा मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ । प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय धनुषामा नामावली अद्यावधिक गर्ने काम भइरहेको हो ।


जिल्ला प्रशासन कार्यालय धनुषाले नयाँ नागरिकता जारी गरेपछि ती व्यक्तिलाई फोटो सहितको मतदाता नामावलीको विवरण भर्न लगाउने काम भइरहेको छ । यसै गरी प्रदेश निर्वाचन कार्यालयमा पनि दैनिक रुपमा १५ जना देखि २५ जनाको मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ ।


निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि खुल्ला गरेपछि धनुषामा अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगको प्रदेश नंं २ को जनकपुरधाम स्थित कार्यालयले जनाएको छ । यस अघि निर्वाचन घोषणा भएका कारणले रोकिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button