तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्यु

File photo

सप्तरी । सप्तरीमा पोखरीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर ३ मा माछा मार्ने क्रममा स्थानीय बनरझुलाका मन्जय ठाकुर हजामका २१ वर्षीय छोरा सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।

घरदेखि झण्डै १५० मिटर टाढा पश्चिम सत्यनारायण चौधरीको पोखरीमा माछा मार्ने क्रममा डुबेर सख्त घाइते ठाकुरको उपचारको लागि युनिक अस्पताल रायपुरमा ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यता मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमाटमसका लागि राखिएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button