तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ । युएई र ओमानमा संयुक्त रुपमा हुने आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मङ्गलवार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button