एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल र फिलिपिन्सबीच प्रतिस्पर्धा
काठमाडौँ । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलवार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोटको समूह ’एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ मा हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ । छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । छनोटका लागि नेपालले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा २८ खेलाडी राखेका छन् ।








प्रतिक्रिया राख्नुहोस्