नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौँ । प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्