मन्त्री कँडेलद्वारा दक्षिण एसिया कै दोस्रो ठूलो दाबी गरिएको शिद्धगुफाको अनुगमन

तनहुँ । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले दक्षिण एसिया कै दोस्रो ठूलो दाबी गरिएको शिद्धगुफाको भ्रमण गर्नुभएको छ ।
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ४ बिमलनगर नजिकै रहेको सो गुफाको सोमबार भ्रमण गर्नुभएको हो । मन्त्री कँडेलले गुफा अत्यन्तै आकर्षक, ऐतिहासिक, कलात्मक लागेको बताउनुभयो ।
सडक पहुँचबाट नजिक रहेको भए पनि प्रचारप्रसारको कमी भएको औँल्याउनु भएको छ साथै उहाँले गुफा नजिकै भगवान् शिवको मूर्ति स्थापना गरी प्रदेशबाट सहयोग गर्न सक्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री कँडेलले बिमलनगरको चुनपहरामा रहेको रक क्लाईमिङको समेत अनुगमन गर्नु भएको छ । उहाँले सहासिक खेलका कारण पनि बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै मुग्लिङ पोखरा सडक बिस्तार गर्दा सके सम्म अर्को विकल्प प्रयोग गरी त्यस्ता संरचना संरक्षण गर्न प्रदेश सरकार लागि पर्ने र त्यसका लागि स्थानीय अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।
अनुगमनमा जानु भएकी प्रदेश सांसद सरिता गुरुङले गण्डकी प्रदेशमा पर्यटनको माध्यमबाट विकासको सम्भावना भएकाले प्रदेश सरकारले पर्यटनमा जोड दिएको उल्लेख गर्दै पर्यटकको बसाई लम्ब्याउन नयाँ नयाँ चिज पस्कनु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्