दल विभाजन अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिएमा एमालेबाट केही व्यक्ति बाहिरिन सक्ने बताउनुभएको हो ।‘पार्टीभित्र सकारात्मक ढंगले योगदान गर्न चाहनेलाई बैठकबाटै आह्वान गरेका छौँ । तर, केही व्यक्तिहरू बाहिरन सक्ने अनुमान गर्न सकिन्छ,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
‘एमालेलाई तपाईंहरुले चिन्नुभएकै होला । एमालेकै तरिकाले विरोध हुन्छ । शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनका माध्यमबाट जाने हो,’ ज्ञवालीले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्