कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दिन बन्द

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चार दिन सेवा बन्दको घोषणा गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।
सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले भनेको भन्यो–केही कर्मचारीमा संक्रमण पुष्टि भैसकेको र अरुमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।
अत्यावश्यक बाहेकका सेवा मङ्गलवारबाट ४ गते सम्म बन्द गर्ने निर्णय गरिएको प्रवक्ता कुमालले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्